पोखरेली पत्रकारलाई अदालती रिपोर्टिङ तालिम
पाेखरा | बैशाख ६, २०८२
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा पत्रकारको क्षमता विकास गर्ने उद्देश्यसहित दुई दिने (शुक्रबार र शनिबार) तालिम दिइएको हो ।
तालिममा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाउँले र कास्की जिल्ला अदालतका अदालत रजिष्ट्रार राजन खनालले शनिबार प्रशिक्षण दिए । पहिलो दिन
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वसचिव धर्मराज कुइकेल र प्रदेश पुस्तक तथा सञ्चार समन्वय महाशाखाका प्रमुख पार्वती लामिछानेले प्रशिक्षण दिइन् ।
तालिमका क्रममा प्रमुख प्रशिक्षक गाउँलेले अदातलमा पत्रकारका लागि आवश्यक समाचारको स्रोत यथेष्ट पाइने भएकाले त्यसको सही सदुपयोग गर्न सुझाव दिए ।
जसका लागि पत्रकार कार्यक्षेत्र (अदालत) मै पुग्नुपर्नेमा उनको जोड थियो । फैसलाको क्रममा रहेका मुद्दा, फैसला पछि कार्यान्वयनको चरण र न्यायाधिसलाई मुद्दामा एकपक्षीय प्रभाव पार्ने खालको समाचारबाट पत्रकारहरु जोगिनुपर्ने तर्फ उनले सचेत गराएका थिए ।
तालिममा कास्कीका कास्कीका ८० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अदालती रिर्पोटिङ गर्दा ख्याल गर्नुपर्ने विषयलाई मध्यनजर गदैै तालिम आयोजना गरिएको बताए । तालिम पश्चात पत्रकारहरुले कार्यक्षेत्रमा यसको भरपुर प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
तालिम पश्चात प्रशिक्षार्थीहरु तिलक पुन र रोजी श्रेष्ठले तालिम फलदायी भएको प्रतिक्रिया दिए । तालिममा सिकेको ज्ञानले पत्रकारिताका दौरान सहयोग पुग्ने प्रशिक्षार्थीहरुले बताएका थिए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

